×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा निरन्तर पहिरो,सडक खुलाउन कठिनाइ

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा निरन्तर पहिरो,सडक खुलाउन कठिनाइ

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा निरन्तर पहिरो गइरहेको छ । शुक्रबार साँझ ६:०० बजेदेखि निरन्तर खसेको खुक्खा पहिरोले १०० मिटर सडक ढाकेको छ ।

आज बिहानैदेखि पहिरो हटाउने प्रयास भए पनि पहिरो खसिरहेकोले असम्भव भएको प्रहरीले जनाएको छ ।

पहिरो हटाउन असम्भव भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यो सडकखण्ड हुँदै आउजाउ गर्ने यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

अहिले पनि डोजरको प्रयोग गरेर पहिरो हटाउने प्रयास जारी छ । पहिरो झरिरहेकोले डोजर रोकिँदै काम गर्दै गर्नुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् ।

प्रतिकृया दिनुहोस्