×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

६० निजामती कर्मचारीलाई कोरियामा १७ महिने वैदेशिक अध्ययन तथा तालिम सम्बन्धी छात्रवृत्तिको अवसर

६० निजामती कर्मचारीलाई कोरियामा १७ महिने वैदेशिक अध्ययन तथा तालिम सम्बन्धी छात्रवृत्तिको अवसर

काठमाडौँ । ६० निजामती कर्मचारीले दक्षिण कोरियामा १७ महिनासम्म वैदेशिक अध्ययनरतालिम छात्रवृत्तिको अवसर पाउने भएका छन् । आगामी जनवरी २० देखि १७ महिनाका लागि ती कर्मचारी दक्षिण कोरियामा छात्रवृत्ति अन्तर्गत अध्ययनरतालिममा सहभागी हुन पाउने भएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत मानव संसाधन योजना शाखाले सरकारी सबै निकाय तथा तहलाई वैदेशिक अध्ययन/तालिम छात्रवृत्तिमा पठाउने कर्मचारी मनोनयन गरी जानकारी पठाउन आह्वान गरेको छ ।

छात्रवृत्ति मनोनयनमा सम्बन्धित सेवा, समूह र श्रेणीभित्रका समावेशी महिला, आदिवासी/जनजाति, मधेसी, दलित, अपाङ्ग, पिछडिएको क्षेत्र तथा हालसम्म अवसर नपाएका र दुर्गममा सबैभन्दा बढी समय काम गरेका आधारमा कर्मचारीलाई प्राथमिकता दिइ मनोनयन गर्न पनि मन्त्रालयले भनेको छ ।
 

प्रतिकृया दिनुहोस्