×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

राष्ट्रपतिबाट ३ विधेयक प्रमाणीकरण

राष्ट्रपतिबाट ३ विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन विधेयक प्रमाणीकरण गरेका छन् । शीतल निवासले सोमबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएअनुसार पौडेलले संविधानको धारण ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गरेको विधेयक’, ‘नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ र ‘राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक’ गरी तीन विधेयक प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार यी तीन विधेयकहरू संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई पेस भएका प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेस गरिएका हुन् ।

प्रतिकृया दिनुहोस्