काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलामा १५ सय रुपैयाँ घटेको थियो । चाँदी आज प्रतितोला एक हजार ८ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।