×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

चार दिनपछि बस्नेगरी राष्ट्रिय सभा बैठक स्थगित

चार दिनपछि बस्नेगरी राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । चार दिनपछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आइतबार बसेको बैठकमा शून्य समयमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए ।

गृहमन्त्री रमेश लेखकले संसदमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए । आइतबार प्रतिनिधि सभाबाट पारित भएर गएका विभिन्न विधेयकलाई राष्ट्रिय सभाले समेत पारित गरेर अगाडि बढाएको छ ।

साथै, राष्ट्रिय सभाले संविधानसभा सदस्य बिदुर प्रसाद सापकोटाको निधनप्रति शोक व्यक्त गरेको छ । यी कार्यसूची सकाएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले अर्को बैठक यही फागुन २२ गते दिउँसो सवा १ बजे बस्नेगरी स्थगित गरे ।

प्रतिकृया दिनुहोस्