×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

एकै पटक १०० वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदस्थापन (सूचीसहित)

एकै पटक १०० वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदस्थापन (सूचीसहित)

काठमाडौं । सरकारले एकैपटक १०० वटा गाउँपालिकाहरुमा रिक्त प्रमुख प्रशासकीय अधिकृत पदमा कर्मचारी खटाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एकैपटक १०० जना शाखा अधिकृतहरुको पदस्थापन गर्दै जिम्मेवारी तोकेको हो ।

१२३ गाउँपालिकाहरु निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेकोमा अब २३ वटा मात्रै गाउँपालिकामा मात्रै पदपूर्ति हुन बाँकी छ । मन्त्रालय स्रोतका अनुसार पदस्थापन भएकाहरु सबै लोकसेवा आयोगबाट अधिकृतको परीक्षा पास गरेर हालै प्रशासनिक प्रशिक्षण पूरा गरेकाहरु हुन् ।

१३ भदौमा एकैदिन १०६ जना शाखा अधिकृतहरु स्टाफ कलेजबाट दीक्षित भएका थिए । त्यसमध्ये ३ जनाको अख्तियार दुरुपयोग अनुसन्धान आयोपमा पदस्थापन भएको छ भने ३ जना महिला कर्मचारीहरुको स्वास्थ्य समस्यका कारण पदस्थापनको निर्णय भएको छैन ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ललितपुरले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका तृतीय श्रेणीका नवनियुक्त अधिकृतको आधारभूत प्रशासन प्रशिक्षणपछि १३ भदौमा दीक्षान्त समारोह गरेको थियो ।

उनीहरुलाई प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेकामध्ये आफूलाई पायक पर्ने र इच्छा भएको गाउँपालिका रोज्न दिइएको थियो । त्यसकै आधारमा सरुवाको निर्णय भएको मन्त्रालयले जनाएको छ ।

र्नुहोस् प्रमुख प्रशासकीय अधिकृत पदस्थापनको सूची : 

प्रतिकृया दिनुहोस्