×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले घोषणा गर्‍यो ११७ सदस्यीय नयाँ केन्द्रीय समिति

वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले घोषणा गर्‍यो ११७ सदस्यीय नयाँ केन्द्रीय समिति

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ११७ सदस्यीय नयाँ केन्द्रीय समिति घोषणा गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अडिटोरियम हलमा संयोजक मोहन वैद्य किरणले नयाँ केन्द्रीय समिति घोषणा गरेका हुन् । 

हलले दुई अङ्क अर्थात् ९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय विपरीत उनले केन्द्रीय समिति विस्तार गरेका हुन् । तीन अङ्कको  केन्द्रीय समिति बनेपछि हलमा विरोध भएको एक सदस्यले जानकारी दिए । तर विरोधको बचाउ गर्दै सबै पक्षलाई समेट्दा दुई अङ्कमा समेट्न नसकिएको वैद्यले जवाफ दिएको ती सदस्यले बताए ।

केन्द्रीय समिति गठन भएसँगै महासचिवमा वैद्यलाई चयन गर्न लागिएको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्