×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

रवि लामिछानेको बयान सकियो, थुनछेक बहस आज नहुने

रवि लामिछानेको बयान सकियो, थुनछेक बहस आज नहुने

काठमाडौं । रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ ।

न्यायाधीश पल्हादकुमार योगीको इजलासमा रविको बयान भएको हो । आज बयान मात्र सकिएकाले थुनछेक बहस आज नहुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।

पूर्वगृहमन्त्री लामिछानेविरुद्धको सहकारी ठगीको मुद्दामा बयान भएको हो । लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको छ ।

लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । लामिछाने बयानका लागि मंगलबार नै भैरहवा आएका थिए ।

प्रतिकृया दिनुहोस्