काठमाडौँ । इलाम- १ मा नेपाली काँग्रेसका निस्कल राईले अग्रता बढाएका छन् ।
प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार अहिलेसम्म ५९ हजार ४५७ मत गणना सकिएको छ । जसमा कांग्रेसका निस्कल राईले १३ हजार २८२ मतसहित अग्रता बनाएका हुन् । उनी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बु भन्दा ५७२ मतले अगाडी रहेका छन् । लिम्बुले १२ हजार ७१० मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा एमालेका काजीमान कागतेले ११ हजार ३०५ मत प्राप्त गरेका छन् भने रास्वपाका विमल गदालले ८ हजार ६४८ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपाका रनबहादुर राईले ६ हजार ९७५ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा अब मतगणना अन्तिम चरणमा रहेको छ । अब सुर्योदय नगर पालिकाका वडा नम्बर १२, १३ र १४ का ४२३८ मत गणना गर्न बाँकी रहेको छ ।