×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

बालेनको घर पुगेर प्रचण्डले भने– सबै मिलेर देश बनाउनु छ

बालेनको घर पुगेर प्रचण्डले भने– सबै मिलेर देश बनाउनु छ

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालेनको घरमा पुग्दा रमाइलो अनुभूति भएको बताएका छन् ।  जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डसहितका नेता बिहीबार महोत्तरीस्थित बालेन शाहको पुर्ख्यौली घरमा पुगेका हुन् ।

हाल पालिका कार्यालय रहेको उक्त घरमा माओवादीले कार्यक्रम राखेको छ । ‘बालेन शाहको पुर्ख्यौली घर । उहाँको बा लगायत काकाहरूको घरमा हामी आइपुगेका छौ रमाइलो महसुस भएको छ’,प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै भने- ‘बालेनजीले पनि सुनिराख्नुभएको होला । हामी सबै मिलेर देश बनाउनु छ ।’

अध्यक्ष प्रचण्डले अहिले एकथरी मानिसहरू जनताले ठुलो बलिदानी गरेर ल्याएको सङ्घीयता र संविधान उल्ट्याउने कसरत भइरहेको बताए । उनले जनतालाई अझ धेरै अधिकार र पहिचानका लागि माओवादी लागिरहेको भन्दै पहिचान र अधिकारको मुद्दाका लागि प्रतिवाद गर्नुपर्ने अवस्था आए अपिल गर्ने बताए ।

प्रतिकृया दिनुहोस्