काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा २ हजार ७ सय रुपैयाँ घटेर प्रतितोला तिन लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला तिन लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १७० रुपैयाँ घटेर प्रतितोला ४ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।