काठमाडौं । नेपाल सरकारले लोक कल्याणकारी विज्ञापनका लागि ३३ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट भाषणमा छापा तथा विद्युतीय सञ्चार माध्यमबाट हुने लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड विनियोजन गरिएको जानकारी दिए ।
यस्तै, आफ्नो व्यवसायिक क्रियाकलापलाई विस्तार गर्न भर्सक नेपालमा दर्ता भएका सामाजिक सञ्जालको प्रयोग गर्न प्रोत्साहन गर्ने सरकारको रणनीति छ ।
‘नेपालमा दर्ता भएका सामाजिक सञ्जालमार्फत व्यवसायिक क्रियाकलाप विस्तार गर्न प्रोत्साहन गरिनेछ,’ अर्थमन्त्री वाग्लेले भनेका छन् ।