×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

काठमाडौं महानगरपालिकामा आज शोक बिदा

काठमाडौं महानगरपालिकामा आज शोक बिदा

काठमाडौं । पूर्वमेयर पीएल सिंहको निधनको शोकमा काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ । काठमाडौं महानगरपालिका र मातहतका कार्यालयहरुमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने गरी आज शोक बिदा दिइएको हो ।

पीएल सिंह २०४९ सालमा तत्कालीन काठमाडौं नगरपालिकाको मेयर निर्वाचित भएका थिए । उनको समेत पहलमा काठमाडौं नगरपालिकालाई २०५२ साल मंसिर २९ गते महानगरपालिका घोषणा गरिएको थियो ।

सिंहको ८८ वर्षको उमेरमा गएराति १ बजे निधन भएको थियो । उनको निधन ठमेलको चाक्सीबारीस्थित उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा भएको थियो ।

उनले सर्वमान्य नेता गणेशमान सिंहको प्रमुख सहयोगी भएर काम गरेका थिए ।

उनको पार्थिव शरीरलाई आज बिहान ११ बजेसम्म चाक्सीबारीमा श्रद्धाञ्जलीका लागि राखिएको छ । त्यपछि दिउँसो १२ बजेदेखि २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ ।

उनको आजै कंकेश्वरी मन्दिरनेर रहेको लख तीर्थमा अन्त्येष्टि गरिने छ । पीएल सिंह अविवाहित हुन् । उनका भाइ र बहिनीहरु छन् ।

प्रतिकृया दिनुहोस्