×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

समाजवादी मोर्चाको बैठक आलोकनगरमा जारी

समाजवादी मोर्चाको बैठक आलोकनगरमा जारी

काठमाडौँ । चार दलीय समाजवादी मोर्चाको बैठक बसिरहेको छ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा विगतमा मोर्चाले गरेका काम कारबाही र भावी कार्यक्रमबारे छलफल भइरहेको बुझिएको छ । 

यसअघि नेकपाका नेता खड्गबहादुर विश्वकर्मा, माओवादी केन्द्रका देव गुरुङ, नेकपा एकीकृत समाजवादीका प्रमेश हमाल र नेसपाका गंगा श्रेष्ठ रहेको कार्यदललाई विगतको समीक्षा र भावी योजना बनाउन कार्यदेश दिइएको थियो । 

गत साउन १ गते १५ दिनको समयभित्र प्रतिवेदन बनाएर बुझाउन कार्यदललाई भनिएको थियो । तर उक्त समयसीमा पार भएको ६ महिना हुन लाग्दा पनि कार्यदलले प्रतिवेदन बुझाउन सकेको थिएन ।

प्रतिकृया दिनुहोस्