काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा एक सय रुपैयाँ बढेर प्रतितोला एक लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५ रुपैयाँ घटेर प्रतितोला एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।