काठमाडौं । सामाजिक सञ्जालका विभिन्न असम्बन्धित ग्रुपहरुमा नबस्न प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार कार्यभार सम्हालेलगत्तै यसबारे आन्तरिक सर्कुलर गर्दै प्रहरी कर्मचारीहरुलाई त्यस्ता ग्रुपहरुमा नबस्न भनिएको छ ।
असम्बन्धित पेज तथा ग्रुपहरुमा नजोडी यसअघि पनि पटकपटक प्रहरी प्रधान कार्यालयले भन्दै आएकोमा अहिले त्यसलाई कडाई गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजीपी अबीनारायण काफ्लेले बताए ।
प्रहरी हेडर्क्वाटरको यो निर्देशनसँगै अहिले प्रहरी कर्मचारीहरु सामाजिक सञ्जालका विभिन्न ग्रुपहरुबाट धमाधम बाहिर निस्कन थालेका छन् ।