×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआईजी तामाङ

काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआईजी तामाङ

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा एआईजी टेकबहादुर तामाङको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत रहेका तामाङलाई मंगलबारको मन्त्रिपरिषद् बैठकले रानिपोखरीमा सरुवा गर्ने निर्णय गरेको गृह मन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।

रानिपाखेरीमा कार्यरत रहेकी एआईजी किरण बज्राचार्य ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि तामाङलाई उक्त ठाउँमा सरुवा गरिएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लाको कमाण्ड गर्छ ।

प्रतिकृया दिनुहोस्