×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

केयू उपकुलपति छनोटको कार्यविधि पुनर्विचार गर्न निर्देशन

केयू उपकुलपति छनोटको कार्यविधि पुनर्विचार गर्न निर्देशन

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट कार्यविधि पुनर्विचार गर्न निर्देशन दिइएको छ । सिंहदरबारमा बसेको केयूको सभाले कार्यविधि पुनर्विचार गर्न निर्देशन दिएको हो ।

उपकुलपतिको आवेदनका लागि आह्वान भएको सूचनामा आफूहरूलाई आवेदन गर्नबाट बञ्चित गराइएको भन्दै मेडिकल संकायका प्राध्यापकहरूले कुलपति एवं प्रधानमन्त्री ओलीसमक्ष निवेदन दिएको थिए । सोही अनुसार सभाले कार्यविधि पुनर्विचार गर्न निर्देशन दिएको हो ।

दुई–दुई कार्यकाल उपकुलपति भइसकेका व्यक्तिसमेत आवेदन दिन नपाउने तथा हरेक कार्यकालका लागि कार्यविधि संशोधन भइरहने स्थितिप्रति बैठकमा ध्यानाकर्षण गराइएको थियो ।

प्रतिकृया दिनुहोस्