×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

रास्वपाका पूर्वस्वास्थ्य विज्ञ सल्लाहकार प्याकुरेललाई स्वास्थ्य बीमा बोर्डको जिम्मा

रास्वपाका पूर्वस्वास्थ्य विज्ञ सल्लाहकार प्याकुरेललाई स्वास्थ्य बीमा बोर्डको जिम्मा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वस्वास्थ्य विज्ञ सल्लाहकार डा.सुवास प्याकुरेलले स्वास्थ्य बीमा बोर्डको नेतृत्व गर्ने जिम्मा पाएका छन् । आज बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा डा.प्याकुरेलले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

गत असार ३० गते उम्मेदवार सिफारिस गर्न गठित समितिले अध्यक्षका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको थियो । जसमा प्याकुरेलसहित निजन उपाध्याय, महेश सुवेदी, सुमनचन्द्र गुरुङ र सिमृन काफ्लेसहित पाँच जना अन्तर्वार्तामा सहभागी भएका थिए । 

स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीहरूको छनौट, सिफारिस र नियुक्ति सम्बन्धी कार्यविधि, २०८३ जारी गरेको थियो । कार्यविधि अनुसार अध्यक्षका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा सात वर्ष अनुभव भएको हुनुपर्ने उल्लेख छ । 

मेरिटोक्रेसीको नारा दिएको रास्वपाले स्वास्थ्य बीमा बोर्डको नेतृत्व चयनमा अन्ततः आफ्नै दलका स्वास्थ्य विज्ञ सल्लाहकार डा.सुवास प्याकुरेललाई रोजेर राजनीतिक भागबन्डाकै निरन्तरता दिएको देखिएको छ । डा.प्याकुरेललाई नयाँ कार्यविधिको प्रक्रिया पूरा गराइए पनि प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै दलीय पहुँचकै आधारमा नियुक्त गरिएको भन्दै मेरिटोक्रेसीको निष्पक्षतामाथि प्रश्न उठेको छ । 

झन्डै ३८ लाख नागरिकले बीमा नवीकरण नगरेर बोर्ड संकटग्रस्त बनेको संवेदनशील मोडमा निष्पक्ष र स्वतन्त्र विज्ञभन्दा दलको निकटताले प्राथमिकता पाउँदा, रास्वपाको चुनावी प्रतिबद्धता र व्यावहारिक निर्णयबिचको अन्तर प्रस्ट पार्दै नवनियुक्त अध्यक्षसामु जनविश्वास जित्ने चुनौती खडा भएको छ । 

प्रतिकृया दिनुहोस्