×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

नेपाल–भारत सीमानामा ‘हाई अलर्ट’

नेपाल–भारत सीमानामा ‘हाई अलर्ट’

काठमाडौं । भारत र पाकिस्तानको बिचमा तनाव शुरुभएसँगै नेपाल–भारत सीमानामा कडाइ गरिएको छ । ‘हाई अलर्ट’मा रहेको सशस्त्र प्रहरी बलले पछिल्लो ४८ घण्टामा ३ सय १२ वटा पट्रोलिङ गरेको छ ।

सीमानामा १ हजार ८४४ ठाउँमा चेकप्वाइन्ट राखिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । मंगलबार बिहानदेखी बिहिबार बिहानसम्म भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँग मिलेर सशस्त्रले संयुक्त पट्रोल समेत गरेको छ ।

नेपाल र भारतको सीमानामा सशस्त्रका करिब १० हजार सशस्त्र प्रहरी परिचालिन छन् । सीमानामा हुने अवैध गतिबिधीलाई रोक्न प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र स्थानिय जनप्रतिनिधीहरुसँग पनि समन्वय गरिएको डीएसपी थापाले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस्