काठमाडौँ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएको सम्बन्धमा सरकारलाई जानकारी नरहेको बताएका छन् ।
बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । प्रधानमनन्त्री केपी शर्मा ओलीले नै शिक्षामन्त्रीको राजीनामा आएको पुष्टि गर्दै सार्वजनिक रूपमा बोलिसकेको बेला उनले चाहिँ सरकारलाई जानकारी नरहेको जिकिर गरेका हुन् ।
पत्रकार सम्मेलनमा गुरुङले सरकार आन्दोलनरत शिक्षकहरूले राखेका जायज मागहरू पुरा गर्न तयार रहेको बताए ।
उनले समयमा नै शैक्षिक गतिविधि अघि नबढे विद्यार्थीहरूको भविष्य बर्बाद हुने भन्दै शिक्षकहरूले आन्दोलन रोक्नुपर्ने बताए । उनले आन्दोलन रोक्न सरकारले शिक्षकहरूलाई आग्रह गरेपनि शिक्षकहरूबाट असहयोग भएको जिकिर गरे ।