×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

छेडखानी तरिकाले संविधान संशोधन भए देश सम्हाल्नै नसक्ने खतरा हुन सक्छ : प्रचण्ड

छेडखानी तरिकाले संविधान संशोधन भए देश सम्हाल्नै नसक्ने खतरा हुन सक्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छेडखानी तरिकाले संविधान संशोधन गर्न खोजिए देश सम्हाल्नै नसक्ने स्थितिमा पुग्ने बताएका छन् । राजधानीमा सोमबार भएको एक कार्यक्रममा बोल्दै उनले विचार नपुर्‍याई यस्ता गल्ती नगर्न कांग्रेस र एमालेका नेताहरूलाई आग्रह गरे ।

‘संविधान संशोधनको विषयमा अलिकति पनि छेडखानीबाट गयौँ भने पान्डोराको बक्स खोले जस्तै हुन्छ । देश सम्हाल्नै नसक्ने खतरा हुन सक्छ । हामी सबैले ध्यान दिनुपर्ने कुरा यो छ’, सचेत गराउँदै उनले भने, ‘जनताले पाएको अधिकार खोसियो भने त्यसले ठुलो अराजकता जन्माउँछ । नेपालमा समाल्न सक्ने हुन्छ भन्ने लाग्दैन । अराजकता फैलाउने गरी संविधान संशोधन नगर्दिनोस् भन्न चाहन्छु ।’

उनले दोस्रो संविधानसभाबाट पनि संविधान सजिलै बन्न नदिन धेरै शक्तिहरूले चलखेल गरेको स्मरण गरे ।  त्यतिबेला शान्ति र संविधानको निम्ति प्रमुख भूमिका खेल्नेमध्ये आफू एक भएको उनले दाबी गरे । आफू जीवितै हुँदा संविधान नबन्ला कि भनेर धेरै चिन्तित भएको उनले सुनाए ।

यस्तै अहिलेको निर्वाचन प्रणालीले भ्रष्टाचारलाई संस्थागत गर्न मद्दत पुर्‍याउने भएकाले संशोधन गर्नुपर्ने बताएका छन् ।  

प्रतिकृया दिनुहोस्