काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १२ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख २२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५५ रुपैयाँ बढेर प्रतितोला दुइ हजार ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।