काठमाडौं । मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैंसे चेकप्वाईन्टबाट ३ सय ३० किलो अवैध लागूऔषध गाँजा बरामद भएको छ ।
गोरखा घर भएका २८ वर्षीय अमिर मियालाई बुधबार बिहान प्रहरीले ३ सय ३० किलो गाँजासहित पक्राउ गरेको हो । प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ जाँदै गरेको प्र। ३–०१–०२३ च ८०४७ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी बोलेरो चालक अमिरलाई पक्राउ गरेको हो ।
त्यसैगरी बाराको कोल्हवी नगरपालिका–५ सोनाभार टोलबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७० किलोग्राम सहित सोही ठाउँ बस्ने ५२ वर्षीया मनमती देवी र ५० वर्षीय रमोद चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कोल्हवी र सशस्त्र बेश कोल्हवीबाट खटिएको संयुक्त टोलीले मनमतीको घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।