काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा रेकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा ७ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख २३ हजार दुई सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ७० रुपैयाँ बढेर प्रतितोला दुई हजार ८ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।