×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रचण्डले गराए उम्मेदवारी दर्ता

प्रचण्डले गराए उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दर्ता गराएका छन् । माओवादी युद्धको आधार क्षेत्र रहेको रुकुम पूर्वमा प्रचण्डले उम्मेदवारी दर्ता गराएका हुन् ।

मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणको साझा संकल्पसहित, चुनाव चिन्हमा भोट हाल्न अपिल गरेका छन् ।

‘हाम्रो क्रान्तिसँग जोडिएको ऐतिहासिक जिल्ला रुकुम पूर्वबाट मैले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएको छु । यसै अवसरमा देशैभरि तारा चुनाव चिह्न लिएर आसन्न निर्वाचनका लागि मनोनयन दर्ता गराउनु भएका सम्पूर्ण उम्मेदवारहरूलाई अग्रिम बधाई तथा शुभकामना व्यक्त गर्दछु’, उनले भनेका छन्, ‘भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणको साझा संकल्पसहित, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई तारा चिह्नमा आफ्नो अमूल्य मत प्रदान गर्नुहुन हार्दिक अपिल गर्दछु ।’

प्रतिकृया दिनुहोस्