×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेको छ । कप्तान इन्दु बर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी हुन् । नेपालले एक परिवर्तन गरेको छ ।

पेस बलर सुमन विष्‍टको स्थानमा स्पिनर मनिषा उपाध्याय आएकी छन् । नेपालले सुपर सिक्स सम्भावना कायमै राख्‍न आजको खेल जित्‍नैपर्ने दबाब छ ।

नेपालको प्लेइङ ११ : इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, मनिषा उपाध्याय, सीता राना मगर, रोमा थापा, कविता जोशी

प्रतिकृया दिनुहोस्