×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

क्रिसमसजस्ता पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउँदै आएका छन् : प्रधानमन्त्री

क्रिसमसजस्ता पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउँदै आएका छन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले  आज सामाजिक सञ्चालमार्फत शुभकामना व्यक्त गरेकी हुन् ।

उनले भनेकी छन्, “प्रेम, शान्ति, करुणा र सद्भावको सन्देश बोकेको यस पर्वले मानवताका साझा मूल्यहरूलाई अझ सुदृढ बनाउँदै समाजमा आपसी समझदारी, सहअस्तित्व र भाइचारा अभिवृद्धि गर्न थप प्रेरणा प्रदान गरोस् ।”

प्रधानमन्त्री कार्कीले विविध धर्म, भाषा र संस्कृतिको सङ्गम रहेको हाम्रो मुलुकमा क्रिसमसजस्ता पर्वहरूले विविधता बिचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको पनि उल्लेख गरेकी छन् ।

उनले ‘क्रिसमस डे’को अवसरमा सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना समेत गरेकी छन् ।

प्रतिकृया दिनुहोस्