×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

पिएल सिंह निधनमा कांग्रेसद्वारा शोक प्रस्ताव पारित

पिएल सिंह निधनमा कांग्रेसद्वारा शोक प्रस्ताव पारित

काठमाडौँ । नेपाली कांग्रेसले पिएल सिंहको निधनमा शोक प्रस्ताव  पारित गरेको छ । सोमबार पार्टी कार्यालयमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले उनको निधनमा शोक प्रस्ताव पारित गरेको छ । 

बैठकले सिंहको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको भन्दै मृतकप्रति श्रद्धाञ्जलीका साथै परिवारमा गहिरो शोक प्रकट गरेको छ । पूर्वमन्त्री समेत रहेका सिंहको सोमबार बिहान चाक्सीबारीस्थित निवासमा निधन भएको थियो । उनी लामो समयदेखि अस्वस्थ रहेका थिए ।

प्रतिकृया दिनुहोस्