काठमाडौँ । प्रतिनिधि सभामा प्रस्तुत भएको नेपाल प्रहरी विधेयक २०८१ मा अहिलेसम्म ४३ संशोधन प्रस्ताव परेका छन् । संघीय संसद् सचिवालय अन्तर्गत प्रतिनिधि सभाको विधेयक शाखाले दिएको जानकारी अनुसार अहिलेसम्म ४३ संशोधन प्रस्ताव परेका छन् ।
विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने समय साँझ ७ बजेर २ मिनेटसम्म रहेको शाखाले जनाएको छ । विधेयकमा प्रतिपक्षी दलले मात्रै होइन, सत्ता पक्षकै सांसदहरूले पनि संशोधन प्रस्ताव दर्ता गरेका छन् ।
प्रहरी विधेयकमा कांग्रेसका तर्फबाट अहिलेसम्म प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक शुशीला थिङसहित रमा कोइराला पौड्याल, कल्पना चौधरी, सपना राजभण्डारी, मुक्ताकुमारी यादव, नागिना यादव, जीवन परियार, प्रतिमा गौतम, कुसुमदेवी थापा र सिता मिजार गरी ११ जनाले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।