×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

विप्लवसँग एकता गर्न माओवादीले समिति बनाउने

विप्लवसँग एकता गर्न माओवादीले समिति बनाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग एकता गर्न समिति बनाउने भएको छ । १६ साउनदेखि १९ साउनसम्म काठमाडौंमा बसेको माओवादी स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

‘बैठकले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने त्यसको लागि पहल गर्न वार्ता समिति बनाउने निर्णय सर्वसम्मत रूपले गरिएको छ,’ माओवादीले तल्ला कमिटीहरूलाई पठाएको सर्कुलरमा उल्लेख छ ।

यस्तै बैठकले समाजवादी मोर्चामा आवद्ध अन्य पार्टीहरू लगायत अन्य समान विचार भएका पार्टीसँग समेत सहकार्य बढाउँदै एकतासम्म पुग्न पहल गर्ने निर्णयसमेत गरेको सर्कुलरमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्