×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

बैंक/वित्त

कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा

कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा

काठमाडौं । नेपाल राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ । 

साथै उक्त संस्था सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समिति गठन भएको छ ।

समितिमा वित्तीय संस्था सुपरीपेक्षण विभागका उप निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाहा छन् ।

समितिले बिहीबारदेखि नै बैंकको तोकिएको जिम्मेवारी सम्हाल्नेछ । उक्त समितिले नै संस्थाको विशेष साधारणसभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्नेगरी अख्तियारी पाएको छ ।

प्रतिकृया दिनुहोस्