×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सिम्रौनगढका निमित्त प्रशासकीय अधिकृत घुससहित पक्राउ

सिम्रौनगढका निमित्त प्रशासकीय अधिकृत घुससहित पक्राउ

काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानु ७८ हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिएको टोलीले उनलाई ७८ हजार घुससहित पक्राउ गरेको  हो । बिल भुक्तानी गरेबापत सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरी आधारमा  उनलाई पक्राउ गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।

पक्राउ परेका उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा घुस रकम बराबरकै बिगो रकम दाबीसहित विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।
 

प्रतिकृया दिनुहोस्