×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

आगामी वर्षको आर्थिक वृद्धिदर लक्ष्य ७ प्रतिशत

आगामी वर्षको आर्थिक वृद्धिदर लक्ष्य ७ प्रतिशत

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ ।

आगामी आर्थिक वर्षको बजेट घोषणामार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वृद्धिदरको लक्ष्य ७ प्रतिशत रहने अनुमान गरिएको बताए । चालु आर्थिक वर्ष २०८२/८३ मा भने आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने तथ्यांक कार्यालयले जनाएको छ ।

त्यस्तै आगामी आर्थिक वर्षमा मूल्यवृद्धिदर ६ प्रतिशतमुनि कायम गर्ने उनले घोषणा गरे ।

सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ । जसमा चालु खर्च १२ खर्ब ७० अर्ब, पूँजीगत खर्च ४ खर्ब ३१ अर्ब र वित्तीय व्यवस्थातर्फको खर्च ४ खर्ब २२ अर्ब हुने अनुमान छ ।

प्रतिकृया दिनुहोस्