×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

एमालेका अध्यक्ष ओलीलाई जिम्मा जमानीमा छाड्ने तयारी

एमालेका अध्यक्ष ओलीलाई जिम्मा जमानीमा छाड्ने तयारी

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज रिहा हुने भएका छन् । प्रहरीले उनलाई जिम्मा जमानीमा छाड्ने तयारी गरेको छ । सर्वोच्चको आदेश अनुसार सरकारी वकिलको कार्यालयबाट जिम्मा जमानीमा छाड्ने भनेर कागज आइसकेकाले अब छाड्ने प्रक्रिया अघि बढाइएको हो ।

काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले ओलीलाई छाड्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते गुण्डु निवासबाट पक्राउ गरेको थियो । जटिल स्वास्थ्य अवस्थाका कारण उनी त्रिवि शिक्षण अस्पतालमा बसेका थिए ।

प्रतिकृया दिनुहोस्