दिएको छ कानुनी समानता
पानाहरू भरिएका छन्
भेदभाव गर्नु हुँदैन
गरे दण्ड मिल्छ
हटिसक्यो छुवाछुत
सबैको पहुँचमा न्याय
यस्तै पाठ पल्टाउन पाइन्छ दिनभर
तथापि
दिलाउन सक्दैन न्याय
गर्नै सक्दैन कार्वाही
मैना ,निर्मला र पूजाहरूलाई
पेसी सरिरहेछ धेरैचोटि
न्यायालयमा न्यायको पालो हराएको जस्तो।
राजनीतिको रागले थिचोमिचो भएर
प्रतिनिधित्व गुमाइरहेछ निम्नवर्ग
डलरबाहेक केही जान्दैनन् अधिकारवालाहरू
नाता थर अनि जातमा पनि त
हावी भैरहेको छ धन
चिच्याउनु परेको छ
न्यायको निम्ति
जग भत्काउनु छ पुरानो
समानता ल्याउन
अझै नफाली नहुने कुरा त
उपभोक्तावादी सोच
तथापि
आशा मरेको छैन
सङ्घर्षको मैदानबाट
निकाल्नु छ समवेत स्वर
दलन
उत्पीडन
अन्त्य गर्न।
बदल्नु छ नीतिगत कमजोरी
निर्णयमा ढिलाइ
व्यबहारगत कमजोरी
समतामूलक समाज निर्माण
विभेदको अन्त्य सजिलो यात्रा कहाँ हो र१
बदल्न त बदलिनु पर्यो आफैं
निरन्तर जगाउन पर्यो दमित आवाज
युवाहरूलाई भन्दैछ समयले
आशा मार्नु हुन्न
पछि पर्न हुन्न।
तेजविलास
इच्छाकामना- ३, चितवन ।