×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निर्णय

पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण तामेली राख्ने निर्णय गरेको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय अनुशासन समितिले खड्कालाई सोधेको स्पष्टीकरण तामेलीमा राख्ने निर्णय गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

खड्काको पदीय जिम्मेवारीका सम्बन्धमा सोधिएको स्पष्टीकरणको औचित्य समाप्त भएको निष्कर्ष निकाल्दै स्पष्टीकरण तामेलीमा राख्ने निर्णय अनुशासन समितिले गरेको दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि २ वैशाखमा बसेको अनुशासन समितिको बैठकले खड्कालाई स्पष्टीकरण सोधेको थियो ।

तर, ४ वैशाखमा सर्वोच्च अदालतले गरेको फैसलापछि उक्त स्पष्टीकरणको औचित्य समाप्त भएको अनुशासन समितिले तर्क गरेको छ ।

प्रतिकृया दिनुहोस्