×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

समाजवादी मोर्चाको बैठक पेरिसडाँडामा जारी

समाजवादी मोर्चाको बैठक पेरिसडाँडामा जारी

काठमाडौं । समाजवादी मोर्चाको बैठक जारी छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको हो ।

समसामयिक राजनीति र घटनाक्रमबारे छलफल गर्न बैठक बसेको हो । नेपाल विद्ययुत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ, राजावादीको हिंसात्मक आन्दोलन, संसद बैठक लगायतका विषयमा छलफल भइरहेको छ ।

बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका अध्यक्ष विप्लव र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत चार दलका अन्य नेताहरु पनि सहभागी छन् ।

यसअघि प्रतिपक्षमा रहेका माओवादीलगायतका दलहरुले कुलमानको विषयमा प्रधानमन्त्री ओलीको जवाफ माग्दै संसद अवरोध गरेका थिए । आज पनि दुवै सदनको बैठक बस्दैछ ।

प्रतिकृया दिनुहोस्