×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

धनुषामा सासू हत्या आरोपमा बुहारी पक्राउ

धनुषामा सासू हत्या आरोपमा बुहारी पक्राउ

काठमाडौं । धनुषामा सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् । जनकनन्दनी गाउँपालिका-५ उधा बस्ने ६५ वर्षीया समुन्द्रीदेवी मण्डलको हत्या गरेको आरोपमा ३५ वर्षीया रक्षाकुमारी मण्डल पक्राउ परेकी हुन् ।

घरायसी विवादका क्रममा कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले रक्षालाई मंगलबार राति पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्