×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रमुख सचेतकसँग सभामुखको बैठक जारी

प्रमुख सचेतकसँग सभामुखको बैठक जारी

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कानूनमन्त्री अजयकुमार चौरसियासिहत प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन् ।

बैठकमा कानूनमन्त्री चौरसियासहित मुख्य सचेतकसमेत रहेका एमालेका महेश वर्तौला, माओवादीका हितराज पाण्डे, रास्वपाका सन्तोष परियार र कांग्रेसबाट सांसद सरिता प्रसाईं सहभागी छन् । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे काठमाडौं बाहिर भएकोले सहभागी भएका छैनन् ।

जेठ महिनाको संसदको क्यालेन्डर र पूर्वबजेटबारे छलफल गर्न सभामुख घिमिरेले बैठक बोलाएका हुन् । यो बैठक सकिए लगत्तै कार्यव्यवस्थाको बैठक बस्ने छ । आज दुवै संसदमा विनियोजन विधेयक (बजेट)का सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदैछ ।

प्रतिनिध सभा बैठक आज बिहान ११ बजे र राष्ट्रिय सभा बेठक आज दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।

सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधिनिक व्यवस्था रहेको छ । त्यसकै तयारीमा सरकार लागेको छ ।

प्रतिकृया दिनुहोस्