×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अखिल क्रान्तिकारीको मतदान जारी, अध्यक्षमा पाँच जनाको प्रतिस्पर्धा

अखिल क्रान्तिकारीको मतदान जारी, अध्यक्षमा पाँच जनाको प्रतिस्पर्धा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । २३औं सम्मेलनबाट सर्बसम्मत नेतृत्व चयन हुन नसकेपछि लामो समयपछि आज मतदान हुन लागेको हो ।

अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि मतदान हुन लागेको हो । मतदान साँझ ६ बजेसम्म हुनेछ । आजै रातिदेखि मत गणना सुरु गर्ने तयारी छ ।

३३ पदाधिकारीसहित ३१२ केन्द्रीय सदस्य चयन गर्न दुई हजार ३९८ जना प्रतिनिधिले मतदान गर्नेछन् । उम्मेदवारका विषयमा दाबी विरोधपछि २० जनाको उम्मेदवारी निर्वाचन समितिले रद्द गरेको छ ।

उम्मेदवार कायम रहेकामध्ये एक अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ । जसमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश शर्मा र योगेन्द्र बुढा प्रतिस्पर्धामा छन् ।

खुला र आरक्षण गरी नौ जना उपाध्यक्ष पदका लागि ४४ जना र महासचिवमा आठ जनाको उम्मेदवारी परेको छ । नौ उपमहासचिवका लागि ३६ जना र १२ सचिवका लागि ५३ जनाको उम्मेदवारी कायम भएको छ । एक कोषाध्यक्ष पदका लागि चार जना उम्मेदवार रहेका छन् ।

प्रतिकृया दिनुहोस्