×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

श्रीलंकाको राजदूतमा नेपाली सर्वसम्मत अनुमोदन

श्रीलंकाको राजदूतमा नेपाली सर्वसम्मत अनुमोदन

काठमाडौं। संसदीय सुनुवाई समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीलाई सर्बसम्मत रुपमा अनुमोदन गरेको छ । आइतबार बसेको संसदीय सुनुवाइ समितिकोबैठकले नेपालीलाई सर्वसम्मत अनुमोदन गरेको हो।

समितिकी सभापति ईश्वरी न्यौपानेले नेपालीको नाम अनुमोदन भएको जानकारी दिइन् । यसअघि गत मंसिर ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले श्रीलंकाको राजदूतमा नेपालीलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

संसदीय समितिले अनुमोदन गरेसँगै अब राष्ट्रपतिले नेपालीलाई राजदूतमा नियुक्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस्