×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दा : आजको सुनुवाइ सकियो

५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दा : आजको सुनुवाइ सकियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ संवैधानिक पदाधिकारीहरु विरुद्धको मुद्दाको सुनुवाइ सकिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार अधिवक्ता ओमप्रकाश अर्याल, बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र समृत खरेल लगायतले पेश गरेको छुट्टाछुट्टै रिट निवेदनमा कानून व्यवसायीहरुले बहस गरे ।

मुद्दालाई निरन्तर सुनुवाइ गरिरहेको संवैधानिक इजलासले दैनिक सुनुवाइ गर्न भने अस्विकार गरेको छ ।

कानून व्यवसायीहरुले दैनिक सुनुवाइका लागि अनुरोध गरेकोमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले ‘व्यवहारिक कारण’ले गर्दा दैनिक सुनुवाइ गर्न सम्भव नहुने र अर्को सुनुवाइको मिति छिट्टै तय हुने बताए ।

प्रतिकृया दिनुहोस्