×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

बैंक/वित्त

नेपालले विश्व बैंकबाट ३८ अर्ब बढी ऋण लिने

नेपालले विश्व बैंकबाट ३८ अर्ब बढी ऋण लिने

काठमाडौं । नेपालले विश्व बैंकबाट ३८ अर्ब रुपैयाँभन्दा बढी ऋण लिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्रस्ताव गरिएको १३ करोड ५० लाख डलर (झन्डै १८ अर्ब ९ करोड) रुपैयाँ ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा उक्त वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ ।

साथै, विश्व बैंकबाटै नेपाल प्रकोप प्रतिरोधी विकास नीति अन्तर्गत प्राप्त हुने १५ करोड अमेरिकी डलर (झन्डै २० अर्ब १२ करोड रुपैयाँ बराबर) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको हो ।

प्रतिकृया दिनुहोस्