×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

तीनकुने घटनामा थप २ जना पक्राउ

तीनकुने घटनामा थप २ जना पक्राउ

काठमाडौं । तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा सहभागी थप दुई आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भोजपुरको अरुण गाउँपालिका-५ घर भएका ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका-४ का ३० वर्षीय जितबहादुर श्रेष्ठ छन् ।

पक्राउ परेका उनीहरुविरुद्ध आपराधि उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट २० दिनको म्याद थप भएको छ ।

यो घटनामा पक्राउ पर्नेको संख्या ७५ पुगिसकेको छ ।

१५ चैतमा दुर्गा प्रसाईंले कमाण्ड गरेको राजावादी आन्दोदनमा दुई जनाको ज्यान समेत गएको थियो । व्यक्तिका निजी सम्पत्तिमा तोडफोड, आजगनी र लुटपाट समेत भएको थियो ।

प्रतिकृया दिनुहोस्