निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा १४२ जना पक्राउ
फाल्गुण १९, २०८२काठमाडौं । निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा १४२ जना पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार देशभरिबाट १४२ जनालाई पक्राउ गरिएको हो । हिजो सोमबार मात्रै ९ जना पक्राउ परेका छन् । पक्राउ परेका मध्ये अहिले ७६ जना हिरासतमा छन् । बाँकी ६६ जना भने छुटिसकेका छन् ।
सबै पढ्नुहोस