वेस्ट इन्डिजविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल
फाल्गुण ३, २०८२मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध टस हारेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा वेस्ट इन्डिजका कप्तान शाइ होपले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । नेपाली टोलीले आजको खेलका लागि एक परिवर्तन गरेको छ । ललित राजवंशीको स्थानमा सोमपाल कामी नेपालको प्लेइङ ११ मा आएका छन् । समूह चरणमा सुरुवाती दुई खेलमा पराजित भएको नेपालका लागि योसहित बाँकी खेल पनि महत्वपूर्ण छ
सबै पढ्नुहोस