विद्यालयमा पठनपाठन भोलिदेखि
भदौ २९, २०८२काठमाडौं। जेन–जी आन्दोलनका कारण बन्द भएका शैक्षिक संस्था आइतबारदेखि खुलेका छन् । सामुदायिक र निजी दुवै शैक्षिक संस्था खुलेका छन् । ‘आज शिक्षक कर्मचारीले विद्यालय सरसफाइ गर्नु भएको छ । भोलिदेखि नियमित पठनपाठन हुन्छ,’ शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने। काठमाडौं महानगरले पनि आजदेखि विद्यालय खोल्ने र पठनपाठन भोलिदेखि गर्ने निर्णय गरेको थियो । निजी विद्यालय सञ्चालकहरूले पनि विद्यालय खुलाएको जनाएका छन्।
सबै पढ्नुहोस