निजी कारबाट १३३ किलो गाँजा बरामद
साउन ६, २०८२रौतहट । रौतहटको गरुडामा प्रहरीले निजी कारबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । गरुडा नगरपालिका-५ मा रहेको झाँझ खोला नजिकै ग३च ६७९६ नम्बरको कारबाट प्रहरी १३ पोकामा रहेको १३३ किलो गाँजा बरामद गरेको हो । चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको कारलाई इलाका प्रहरी कार्यालय गरुडाको टोलीले चेकजाँच गर्न खोज्दा कार नरोकेर फरार भएको थियो ।
सबै पढ्नुहोस