लहानमा आमा-छोरा मृत भेटिए, ९ महिने शिशु सिकिस्त
भदौ १७, २०८२जनकपुरधाम । सिरहाको लहानमा आमा र छोरा मृत फेला परेको छन् । लहान नगरपालिका-१ मटिअर्वा घर भइ लहान नगरपालिका-१२ भोटिया टोलमा बस्दै आएकी २३ वर्षीया रञ्जिता चौधरी र उनका ५ वर्षीय छोरा एरोन मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहान १० बजेतिर आमा कोठा भित्र सिलिङ पंखामा झुण्डिएको अवस्थामा र खाटमाथि जेठा छोरा एरोन मृत फेला परेका हुन् ।
सबै पढ्नुहोस